काठमाडाैं ।। निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्य निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतका बारेमा दलहरूको समान धारणा बनाउन आज सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन तयारीको बारेमा चासो राख्दै आयोगले आज बिहान साढे ११ बजे आयोगको कार्यालयमा छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । बैठकमा सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई बोलाइएको उहाँले जानकारी दिनुभयो । कोरोनाको कारण देखाउदै सत्ता पक्षका नेताहरूले स्थानीय तहको निर्वाचन सार्नुपर्ने प्रस्ताव गरेका छन् । यस बारेमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।





