काठमाडाैं ।। काठमाडौं र ललितपुरमा आजदेखि किशोरकिशारीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैैछ । १२ वर्षदेखि १७ वर्ष उमेर पुगेकाहरूलाई आजबाट फाइजर खोप लगाउने तयारी भएको हो । पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर÷किशोरीलाई खोप दिइने छ । स्वास्थ्य कार्यालय भक्तपुर र काठमाडौंका अनुसार विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका किशोर÷किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउने सरकारले नै व्यवस्था गरेको छ । ११ देखि १७ वर्षसम्मका किशोर÷किशोरीको सङ्ख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा २ लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूले जनाएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।