सांकेतिक तस्विर

काठमाडौं ।। माओवादी केन्द्रका नेताहरुलाई धमाधम कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज आरटी पीसीआर परीक्षण नहुने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
शुक्रवार पीसीआर परीक्षण गर्दा प्रचण्डमा संक्रमण पुष्टि भएको थियो। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।
त्यसपछि देउवा शनिवारबाट आइसोलेनमा बसेका हुन्। बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेसँगै देउवा आइसोलेसनमा बसेका हुन्। आइतवार देउवाको पीसीआर परीक्षण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।
आज प्रधानमन्त्री देउवाको पीसीआर परीक्षण भएको हो? यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘भएको छैन। अहिले उहाँ आइसोलेसनमा हुनुहुन्छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here