रौतहट ।। रौतहटमा एउटा यस्तो ठाउ छ जहाका स्थानीयहरू अहिले पनि अन्धकारमा जीवन विताई रहेका छन् । स्थानीय चन्द्रपुर नगरपालिका वडा नम्बर १ को जरुवा टोलका ५४ घर परिवार कस्टपूर्ण जिवन विताउदै आएका हुन् । राज्यका सेवा सुविधा तथा जनप्रतिनिधिको पहुच नपुगेका सो ठाउमा आउने जाने बाटो घाटोको जटिल समस्या रहेको छ ।

पुर्व पछिम राजमार्ग देखि भित्र उत्तर तर्फ जंगल र पहाडको विचमा झुपडी बनाएर बस्दै आएका ५४ घरपरिवारको अस्वस्थ कस्ट पूर्ण नै रहेको छ । निर्वाचन सकिएको साढे ४ वर्ष विति सक्दा पनि स्थानीय सरकारका एक जना पनि प्रतिनिधि आउँन नसकेको गुनासो स्थानीय प्रताप सिंह स्यांग तांगको रहेको छ । राइ टोले देखि उतर खोला पारीमा रहेको उक्त बस्तीमा विधुतको व्यवस्था रहेको छैन सोलार प्रयोग गर्ने गरेको उहाले बताए । निर्वाचनको बेला मत माग्न आएको र निर्वाचित भए पछि एक पटक पनि वडा अध्यक्ष वीर बहादुर रखाल नआएको उहाहरुको भनाइ रहेको छ । मुख्य बाजारको रुपमा चन्द्रनिगाहपुर र बागमती रहेको छ । ३ घण्टा हिडेर खाद्यान्न सामग्री ल्याउनु पर्ने अवस्था रहेको दुखेसो उनीहरुको छ ।

लोकतान्त्रिक गणतन्त्रमा विधुत ,संचार , शिक्षा र स्वास्थ्य सवै ठाउमा पुगेको अवस्था भएपनि सो ठाउ यी सुविधाबाट बन्चित रहेको छ । उतर मकवानपुरको सिमाना सित जोडिएको सो ठाउको बासिन्दाहरु अहिले पनि कुलोको पानी खान बाध्य छन् । उनिहरु नदीबाट पम्पीसेट बाट पानी तानेर टयांकीमा जम्मा गरी सोही पानीले खाना पकाउने तथा पिउने गर्छन । विद्यालय र स्वास्थ्य चौकी पनि छैन । शुद्ध खानेपानीको अभाव छ । शिक्षाबाट बन्चित भएका उक्त बस्तीका युवाहरु श्रम गर्न जिल्ला बाहिर रहेको स्थानीय सुबा सिंह पाख्रिनले बताए । विश्व भरि फैलिएका कोरोनाको महामारीमा पनि केहि राहत नपाएको पाख्रिनले सुनाए । नगरपालिका बाट प्राप्त हुने सामाजिक सुरक्षाको भत्ता बाहेक केहि पाउन नसकेको सुनाए । थाहै हुदैन सरकारले के के दिन्छ भने । बर्षको मौशममा बाढी आउदा बाहिर जान आउन सकिदैन बताउदै विधुतको सुविधा नभएकोले जंगली जनावरबाट उच्च जोखिम रहेको सुनाए । त्यहाका बाल बालिका १ घण्टा जंगलको बाटो हिडेर प्राथमिक शिक्षा लिन राइ टोलमा भएको विद्यालयमा पुग्ने गर्छन ।

गर्भवती हुदा के के गर्नु पर्छ भन्ने कुरा महिलाहरुलाइ जानकारी नै छैन । रातिको समयमा केहि भयो भने डाक्टर नै नआउने अवस्थाले छटपटिएर ज्यान गुमाउने पर्ने अवस्था रहेको छ । तामांग , पहरी , माझी , मगर ५ घरपरिवार गरि ५४ घरपरिवारका जातको बसोबास छ । घरमै बच्चा जन्माउने गरेको सुनिता माझीले बताइन ! हामीलाई स्वास्थ्यको बारेमा केहि जानकारी छैन उनले भनिन ।

नेपाल सरकारले कोरोनाको महामारीमा प्रभावित भएका विपन्न , मजदुर , दलित परिवारलाई १० हजार राहत दिने गरेको घोषणाको बारेमा उनीहरुलाई जानकारी गराइएको छैन । जानकारी नदिएको कारण ति समुदायका व्यक्तिहरु राहतबाट बन्चित हुने भएका छन् । वडा अध्यक्षको जिम्मेवारी रहेकोले सो जिम्मेवारी समेत निर्वाचित वडा अध्यक्षले निर्वाह गर्न सकेको छैन । प्रदेश सरकारको जनता आवासको आवस्यकता उहाहरुलाई रहेकोले त्यस तर्फ स्थानीय सरकार र जनप्रतिनिधिहरुले ध्यान दिनु पर्छ । बाटो घाटोको विकास गर्नुको साथै विधुतको आपूर्ति नितान्त आवश्यक रहेको छ । कुवा खोलाको पानी खादा स्वास्थ्यमा समस्या आउन सकिने भएकोले सो बस्तीमा शुद्ध खानेपानीको लागि स्थानीय सरकारले हैंडपाइपको जडान गराउनु पर्दछ । विकट र दुर्गम अवस्थामा जिवान विताउदै आएका जरुवा स्थानीयहरुलाई महिला तथा बाल बालिका विरुद्ध हुने हिँसा न्यूनीकरणको लागि काम गर्दै आएका मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ ले २ पटक राहत सहयोग गरेको हो ।

कोभिड १९ को महामारीको बेला परोहा नगरपालिका र समाजसेवी बलराम राउतको सहयोगमा खाध्यान सामग्री तथा इन्जिनियर कृष्ण देव यादव र स्थानीय समाजसेवी बलराम राउतको सहयोगमा न्यानो कम्बल सो साथले वितरण गरेको छ । अन्य कुनै संघ सस्थाले सो बस्तीमा केहि राहत दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here