रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ सिर्सियामा नव निर्मित विद्यालयको भवनको उदघाटन गरिएको छ ! नगरपालिकाको आर्थिक सहयोगमा रत्न कन्या आधारभूत विद्यालयको निर्माण भएको ४ कोठे विद्यालय भवनको नगर प्रमुख अजय कुमार गुप्ताले उदघाटन गर्नु भएको हो !
वडा अध्यक्ष मोहन सिंहको अध्यक्षतामा भएको विद्यालय भवन उदघाटन तथा नागरिक सम्मान कार्यक्रम मा सम्वोधन गर्दै मेयर गुप्ताले नगरपालिका शिक्षा र स्वास्थ्यको क्षेत्रमा गम्भीर भएर कार्य गर्दै आएको दावी गरे !
कोभिड १९ को खोपमा प्रदेश २ को सवै भन्दा बढी खोप लगाउने नगरपालिकामा गौर नगरपालिका पहिलो स्थान प्राप्त गरेको बताउदै मेयर गुप्ताले गौर नगरपालिका शिक्षा र पूर्वाधारको विकासमा अग्र स्थान प्राप्त गर्ने दावी गरे !
गौर नगरपालिकाले कोभिड १९ को खोप संचालनमा ७३ प्रतिशत अंक प्राप्त गरि अग्र स्थानमा रहेको छ ! कार्यक्रममा वडा नम्बर ९ का १५० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ! गौर नगरपालिकाको अभियान जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत मेयर गुप्ताले कम्बल , दोसल्ला , टर्च , च्यावनप्रासबाट ७० बर्ष माथि पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् !
गौर नगरपालिकाको ३५ लाखको लागतमा निर्माण भएको भवनको उदघाटन तथा नागरिक सम्मान कार्यक्रममा गौर नगरपालिकाका निर्वाचित वडा अध्यक्ष भरत साह , राकेश झा , मजहर खा . राम स्वार्थ यादव , निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर , स्थानीय समाजसेवी संचारकर्मी हरुको सहभागिता रहेको थियो !
Home प्रदेश समाचार मधेश प्रदेश नगरपालिका शिक्षा र स्वास्थ्यको क्षेत्रमा गम्भीर भएर कार्य गर्दै :- मेयर गुप्ता





