रौतहट ।। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ जरुवा टोलमा मेची महाकाली बुहारी संयक्त आवाज ले स्थानीयहरुलाई न्यानो कम्बल वितरण गरेका छन् !
स्थानीय समाजसेवी बलराम राउत र राजदेवी कन्स्ट्रक्सनका इन्जिनियर कृष्णदेव यादव तथा मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ समितिको सहयोगमा ५८ जनालाइ न्यानो लुगा वितरण गरिएको हो !
दुर्गम र विकट स्थानमा बसोवास गर्ने ५४ घरपरिवारलाइ बुहारी आवाजले दोस्रो पटक सहयोग गरेका छन् ! यस अघि खाद्यान्न सामग्री वितरण गरिएको थियो ! राज्यको सेवा सुविधा समेतबाट बन्चित रहेका सो बस्तीमाको विकासमा स्थानीय सरकार तथा जान प्रतिनिधिहरुको समेत ध्यान पुग्न सकेको छैन !
जिल्ला संयोजक यशोदा राउतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संवधन गर्दै प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले विकासको रुपमा पछि परिएका यो बस्तिको बसोवास गर्ने समुदायको अवस्था दैनिय रहेकोले स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए !
नेपाली कांग्रेसका वडा सभापति श्रीराम न्यौपानेले झुपडीमा जीवन विताई रहेका परिवारलाइ स्थानीय सरकारले वास्ता नगर्नु दुखद रहेको टिप्पणी गरे ! चिसोको समयमा यस बस्तिमा सहयोगको आवस्यकता रहेकोले समय मै ध्यान दिन जनप्रतिनिधिलाइ आग्रह गरे !
कार्यक्रममा जिल्ला सह संयोजक उषा खनाल , नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर राना , मेची महाकाली बुहारी संयुक्त आवाजको वडा संयोजक बबिता सहनी , मानव अधिकार संगठन नेपालका टेक बहादुर चौरेल , रेणु घिमिरे , पवित्रा परियार लगायतको महिला अधिकार कर्मीहरुको सहभागिता रहेको थियो !
न्यानो लुगा पाए पछि स्थानीयहरु हर्षित भएको थियो ! नगरपालिका तथा निर्वाचित जनप्रतिनिधि बाट केहि सहयोग नपाए पनि बुहारी संयुक्त आवाजले चिसोको बेला न्यानो कम्बल उपलव्ध गरेकोमा राहत महसुस भएको स्थानीय सुवा सिंह पाख्रिनको भनाइ रहेको छ !
५८ परिवारलाइ न्यानो लुगा वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		