काठमाडाैं ।। चलचित्र ‘प्रेमगीत ३’ रिलिज स्थगित गरिएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् ।
फिल्म १३ फागुन रिलिज गर्ने तयारी थियो । दुई वर्ष अघि पनि फिल्म कोरोनाको कारण स्थगित भएको थियो । प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवा लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ । फिल्मलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशक गरेका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।