एजेन्सी ।। दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद् भवनमा आइतवार बिहान आगलागी भएको छ । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न सकिन्छ । आगलागीको कारण खुल्न सकेको छैन ।
भवननजिक शनिबार मात्र आर्कबाइशप देसमन्ड टुटुको राष्ट्रिय शोक कार्यक्रम आयोजना गरिएको थियो ।
सहरको आपत्कालीन सेवाका प्रवक्ताले एएफपी न्युजलाई भनेका छन्, “छानामा बलिरहेको छ र राष्ट्रिय संसद् भवनबाट पनि आगो निस्किरहेको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवनका पर्खालहरू चर्किरहेको रिपोर्ट गरिएको छ ।”
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।