काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहबीच उद्घाटन सत्र सुरु भएको हो ।आइतवारबाट शुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा सहभागिता जनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा , पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाहीलगायत सहभागी छन् ।महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ । महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here