काठमाडौँ ।। सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । गएको भदौदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा सरकारले शर्मालाई नियुक्त गरेका हो । शर्मा शिक्षा मन्त्रालयका पूर्व सचिव हुन् ।
शिक्षा मन्त्रालयमा बसेर लामो समय काम गरेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन समेत माग गरेको थियो ।
जसमा शर्माले पनि बोर्डको अध्यक्ष हुन आफु योग्य रहेको दाबीसहित आवेदन हालेका थिए । शिक्षाका समस्या र प्रवृत्तिबारे अनुभवी रहेका शर्मालाई माध्यामिक तहको परीक्षा सुधार गर्न बोर्डको अध्यक्षमा नियुक्त गरिएको सरकारका एक मन्त्रीले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here