जनकपुर ।। नेपाली काँग्रेस प्रदेश नम्बर २ को सभापतिमा देउवा समूहका कृष्णप्रसाद यादव विजयी हुनुभएको छ । केहिबेर अघि सकिएको मतगणनामा सभापति पदका अर्का प्रतिस्पर्धी रामसरोज यादवलाई १ सय ४१ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी हुनुभएको हो । विजयी यादवले ९ सय ९६ र रामसरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नुभयो । १ हजार ९ सय ३८ मतदातामध्ये हिजो भएको मतदानमा १ हजार ८ सय ८१ मत खसेको थियो । ३० मत भने बदर भएको छ । प्रदेशको ७२ पदका लागि १ सय ८० जनाले उम्मेद्वारी दिएकामा ५ सदस्य निर्विरोध चयन भइसकेका छन् । केही समयपछि प्रदेश उपसभापति पदको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।