पर्सा ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।
‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुर्ग्यो तर प्रचण्डले कुरा बुझेनन्’ ओलीले भने।
पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए। जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे।
उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे। आफूले साढे तीन वर्ष प्रधानमन्त्री भएर काम गर्दा पूर्वाधारको विकास साथै ट्रोनाडोले भत्काएका ८९९घर निर्माण, २०७२ सालको भूइँचालोले भत्काएका ७ लाख बढी घर निर्माण र जनता आवास कार्यक्रम सञ्चालन गरेर घरविहीनलाई घर बनाएको उनले बताए। खर र फुसको छानो विस्थापित गरेर जस्ता लगाउने कार्यक्रम पनि आफ्नै पालामा सञ्चालन भएको ओलीले उल्लेख गरे।
मैले साथ दिएर माओवादी यहाँ पुर्ग्यो तर प्रचण्डले कुरा बुझेनन् – ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।