जनकपुर ।। नेपाली कांग्रेसको प्रदेश २को नेतृत्वका लागि विभिन्न ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका हुन् ।
यस्तै दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रुपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here