रौतहट ।। रौतहटमा आगलगी हुदाँ एका बालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुरमा आगलागी हुंदा एक बालिकाको ज्यान गएको भने एक बालक घाईते भएकाछन् । लाखौं बराबरको क्षति भएको छ । आगलागिबाट घाइते बालकको अवस्था चिन्ताजनक रहेको छ ।
फतुवा बिजयपुर १ बरगिनिया गाउंका मदन यादवको घरमा मंगलबार दिउसो २ बजे अचानक आगलागी भएको थियो । खरको छानो भएको यादवको घरमा आगलागि भएको स्थानीयले बताए । यादवको घरबाट सल्केको आगोले छिमेकी जोखु यादवको घरमम पनि सल्कदा उनकी ३ बर्षिया छोरिको जलेर घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष संजय साहले जानकारी दिएका छन । उनकै छोरा पनि घाईते भएकाछन् । उनको अवस्था गम्भिर रहेकाले उपचारका लागि पठाइएको वडा अध्यक्ष संजय साहले जानकारी दिए । मृतक बालक र घाईते बालिकाको नाम खुल्न सकेको छैन् । आगलागी बाट मदन यादवको घर तथा घरमा रहेको अन्न,लत्ता कपडा लगायत सबै सामान जलेर २ लाख ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी आगलागीबाट रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका ईन्स्पेक्टर बिष्णु विश्वकर्माको कमान्डमा गएको प्रहरी टोलि र गाउलेको प्रयासमा झन्डै १ घन्टामा आगलागी नियन्त्रणमा आएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here