भारतीय फिल्म ‘पुष्पा: द राइज’ रिलिजअघिदेखि चर्चामा थियो।अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म ‘पुष्पा’ गत शुक्रवार रिलिज भयो। फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेर रेकर्ड कायम गरिसकेको छ। यो फिल्म कोरोना महामारीबिच ओपनिङ भएर सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ।
व्यावसायिक तथा समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाउनुका साथै फिल्म विवादमा समेत फसेको छ। फिल्ममा समावेश एक दृश्यका कारण फिल्मको आलोचना हुन पुगेको हो।
फिल्ममा अल्लु अर्जुन र रश्मिका मण्डनाको एक सिन छ। पुष्पा राज (अल्लु) र श्रीवल्ली (रश्मिका) कारभित्र रोमान्स गरिरहेका हुन्छन्। त्यही समय पुष्पाले गलत तरिकाले श्रीवल्लीको स्तनमा छुन्छन्।
परिवारसहित फिल्म हेर्न गएका तेलुगु दर्शकलाई भने यो दृश्य मन परेन। उनीहरूले यस सिनप्रति सामाजिक सञ्जालमा विरोध जनाए। जसकारण निर्माण टीमले यो सिन हटाउने निर्णय गरेको छ। प्रदर्शनमा आएको चौथो दिन देखि नै पुष्पाको यो सिन हटाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here