कैलाली ।। कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा अडियाे ‘लिक’ भएको छ ।
अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले अरुणको हत्या गरेर भारततर्फ जान लागेको बताएका छन् ।
प्रहरी स्रोतले लोकान्तरलाई उपलब्ध गराएको अडियोमा मनोज नाम गरेका व्यक्तिले आफूले दासको हत्या गरेर रुपैडिहा नाका हुँदै भारततर्फ भाग्न लागेको बताएका छन् ।
‘दाइ मनोज बोल्न लाछु,’ फोन कुराकानीमा भनेका छन्, ‘घाँटी छिनाले दाइ हामी ब्याङ्लोर हिँडिसक्यौं अहिले रुपैडिया नाका छु ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार अडियो कुराकानी भएका युवाहरूको पहिचान भएको र उनीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए ।
‘हामीले त्यो दिन मनोज भन्ने व्यक्तिसँग भएका केटाहरूको पहिचान गरिसकेका छौं । पक्राउ गर्ने तयारीमा छौं,’ डीएसपी जोशीले लोकान्तरसँग भने, ‘उनीहरूलाई पक्राउ गरेपछि अन्य थप कुरा खुल्छ ।’
उनका अनुसार त्यो क्षेत्रमा लागुऔषधको कारोवार हुने भएकाले त्यही कारणले हत्या भएको हुन सक्ने बताए ।
जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनको करीब १ किलोमिटरभित्र दासको शव रुखमा बाँधेको र घाँटी छिनालेको अवस्थामा फेला परेको थियो ।
परिवारका अनुसार उनी पुस २ गते साँझ घरबाट निस्किएका थिए । राति अवेलासम्म घर नर्फिएका उनको शव स्थानीयले घाँस काट्न जाँदा देखेर प्रहरीलाई खबर गरेका थिए ।

https://www.youtube.com/watch?v=JVOgmU6XM1U

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here