काठमाडाैं ।। कांग्रेस महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् ।
महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् । ‘निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न,’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
अपेक्षित मत परिणाम नआएपछि मतगणना चलिरहेका बेला उनले फेसबूकमार्फत् राजीनामा घोषणा गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।