काठमाडौं ।। रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको सुनाए । उनले-‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here