काठमाडाैं ।। नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । सभापतिमा पहिलो चरणमा कसैल ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।
केन्द्रीय कार्यसमितिको तर्फबाट पार्टी सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।
सोमबार १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो ।
दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । सिंह, निधि र गुरुङले देउवालाई समर्थन गर्ने भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here