रौतहट ।। अवैध रुपमा ल्याउदै गरेको काठ सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । जंगलबाट लोपोमुख जात खयरको काठ लिएर आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली २ जना लाइ काठ सहित पक्राउ गरेको हो ।
ना २१ प् ७५४९ नम्बरको मोटर साइकलमा खयरको डमरु १६ थान लिएर आउदै गरेको अवस्थामा प्रहरीले रौतहट जिल्लाको गुजारा नगरपालिका १ कोठीयार बस्ने वीर बहादुर लामा दोङ्ग र विजय लामा दोङ्ग लाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
खयरको काठ सहित पक्राउ परेको दुवै जनालाइ अनुसन्धान तथा कार्यवाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको छ । अवैध रुपमा काठ तस्करी गर्ने माथि कानुनी कार्यवाही गरिने डिभिजन बन कार्यालय प्रमुख अमरदेव यादवले बताएका छन् ।
खयर जातको काठ किमती भएकोले तस्करी गर्ने गरेको बताउदै मकवानपुर ,काठमाडौँ लगायत चिन तर्फ डमरु र मुकुण्डो बनाउन पठाउने गरेको जनाए । पानीको मुहानमा राखेर डमरु बनाउने गरेकोले पानी रगत जस्तो हुने भएकोले त्यसैको आधारमा पक्राउ गर्न सकिने उहाले बताए ।
लोपोमुख जातमा खयर पर्ने भएकोले यो काठको तस्करी गम्भीर प्रकृतिको अपराध जस्तो रहेको यादवले बताए । काचो खयर कटान गरि डमरु बनाउने गरेको बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here