काठमाडौं ।। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ । त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ । सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । काँग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ । नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ । महाधिवेशनमा चार हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here