काठमाडाैं ।। कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको वकालत गरेका छन् । सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुन:स्थापनाको प्रसंग निकालेका हुन् ।
‘राजसंस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री, सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ,’ लिङ्देनले भने । उनले जनताको नजरमा नेताहरूप्रतिको विश्वास पूरै गुमेको पनि बताए ।
‘सरकार सरकार जस्तो छैन, संसद संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन,’ लिङ्देनले भने, ‘यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।’
उनले गाउँमा नेताहरू पुग्दा जनताले कुनचाहिँ चोर आएछ भन्न थालेको बताए ।’नेता आउँदा कुन नेता आए भन्दैनन्, कुन चोर आएछ भनेर भन्छन्,’ लिङदेनले भने ।
कांग्रेसको मञ्चमा राजसंस्थाको वकालत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।