काठमाडाैं ।। यो वर्षको हिउँदमा चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । यो वर्ष सरदरभन्दा कम वर्षा हुने, अधिकतम तापक्रप सरदरभन्दा बढ्ने तर न्यूनतम तापक्रम भने सरदर वा सरदरभन्दा बढी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले सरदरभन्दा कम वर्षा हुने र चिसो बढ्ने पूर्वानुमान गरिएको बताउनुभयो । यो वर्ष लानिन्या प्रणाली सक्रिय हुने भएकाले हिउँदमा कम पानी पर्ने र चिसो बढ्ने देखिएको उहाँको भनाइ छ । लानिन्या प्रणाली सक्रिय हुँदा नेपालमा कम पानी पर्छ भने एलनिनो प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ । गत ९ गते भएको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको बैठकले यो वर्षको हिउँदको मौसम पूर्वानुमान गरेको हो । सामान्यतया मङ्सिर १५ देखि फागुन १६ सम्मलाई हिउँद मानिन्छ । गत वर्षको हिउँदमा सोलुखुम्बुको सल्लेरी, सुनसरीको चतरा र भक्तपुरको नगरकोट बाहेकका केन्द्रमा सरदरभन्दा कम वर्षा मापन गरिएको थियो । यसैबीच प्रदेश १ बाहेकका प्रदेशको मौसम आज सफा रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज प्रदेश १ को मौसम आशिंकदेखि सामान्य बदली भइ एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तर नजिकै एक ठाउँमा पानी परेपनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ । अरु प्रदेशको मौसम भने सामान्यतया सफा नै रहनेछ ।
यो वर्षको हिउँदमा चिसो बढ्ने: मौसमविद्
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।