काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दै छ । १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेसले जनाएको छ । काँंग्रेसको १४ औँ महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटिमण्डपमा उद्घाटन गर्ने तयारी छ । महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि निम्तो गरिएको काँग्रेसले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here