रौतहट ।। रौतहटमा गएराती एक जना युवकको हत्या भएको छ । रौतहटको चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्गलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको खुलेको छ ।
मृतकका हत्या गरेको आशकामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान निवासी ३५ वर्षीय रबिन्द्र थिङ्ग, उनकै माइजू नाता पर्ने ४२ वर्षीय बुद्धिमाया पाख्रिन, र काठमाडौं घर भई ८/९ दिन अगाडी आफन्त भेट्न आएका निजको मामा नाता पर्ने ३९ वर्षीय आशिष पाख्रिन रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here