रौतहट ।। रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । मृत्यु भएपछि स्थानीयहरुले प्रहरी विरुद्ध आन्दोलन सुरु गरेको छ । प्रहरीले चालकलाई भगाएको भन्दै आन्दोलन सुरु भएको छ । मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती ३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय पिपरा गौर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गरि प्रदर्शनमा उत्रेका छन् । मोटरसाइकल शनिवार दिउँसो ३ बजे ठक्कर दिँदा झा गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका झालाई गाउँमा सामान्य उपचारपछि थप उपचारको क्रममा काठमाडौं लगेकोमा शनिवार राति १ बजे उपचारको क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
प्रहरीले सिसिटिभी फुटेजमा बालकलाई ठक्कर दिने सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत गार्ड गंगा पिपराका रविन्द्र साह रहेको पुष्टि गरेका थिए । बालकको मृत्यु भएपछि प्रहरीले निजलाई नियन्त्रणमा जाँदा उनी भग्न सफल भएको प्रहरीले जनाएको छ।
साहलाई अविलम्ब पक्राउ गर्नुपर्ने मागसहित सोमबार बिहान ८ बजेदेखि बाटो अवरुद्ध गरेर मृतकका आफन्तहरु अहिले गंगपिपरामा प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले आरोपीलाई पक्राउ गर्नेबारे प्रहरी गम्भीर रहेको र मृतकका आफन्तसँग वार्ता भइरहेको जानकारी दिए ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु, प्रहरी विरुद्ध आन्दोलन सुरु
रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु, प्रहरी विरुद्ध आन्दोलन सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।