रौतहट ।। दुइ दिवसीय रौतहट भ्रमणमा रहनु भएका संघीय सरकारका बन तथा वातावरण मन्त्रि राम सहाय राय यादवले जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलबामा संचालित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालयको स्थलगत अनुगमन निरीक्षण गरेका छन् ।
शिक्षा र भौतिक पूर्वाधार विकास निर्माणमा फड्को मार्न सफल भएका नमुना विद्यालय मुडवालबाको विद्यालय भवन , विद्यार्थीहरुको बसाइ , पोशाक , शैक्षिक सामग्री व्यवस्थापन , प्रयोगशालाको अवस्था तथा अध्यन अध्यापनको बारेमा अध्यन अवलोकन गर्ने उदेश्यले मन्त्रि यादवले विद्यालयको निरीक्षण अनुगमन गरेका हुन् ।
अनुगमनको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै मन्त्रि यादवले शिक्षाको अवस्था प्रदेश २ मा सवै भन्दा कमजोर देखिएको बताए । कर्णाली प्रदेश र मधेश प्रदेश मुलुकमा शिक्षाको क्षेत्रमा कमजोर देखिएकोले शिक्षाको स्तर उकास्नु पर्ने जोड दिए ।
प्रदेश २ का बासिन्दा भएकोले शिक्षा र स्वास्थ्यको खस्किदो अवस्था देखेर आफु चिन्तित र दुखित समेत भएको बताउदै मन्त्रि यादवले शिक्षामा लगानी गर्ने सोचको अभावको कारण यस्तो अवास्था सृजना भएको प्रस्ट पारे ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न स्थानीय सरकारलाइ आग्रह गर्दै शिक्षाको विकास नभए सम्म प्रदेशको विकास हुन् नसक्ने जिकिर गरे । उहाले शिक्षा विना मानवको जीवन अधुरो भएकोले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव समेत दिए ।
कार्यक्रममा प्रदेश सांसद राम किशोर राय यादवले विद्यालयले भौतिक पूर्वाधार र अध्यन अध्यापनमा निकै अगाडी बढेको देखिएको बताए । नेमधारी बासुदेव नमुना विद्यालय पहिलेको तुलनामा अहिले धेरै सक्षम भएकोले यस्तै विकास गर्नु पर्ने अरु विद्यालयलाइ आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गौर नगरपालिकाका उपमेयर किरण ठाकुर, पुर्व संविधान सभा सदस्य रम्भा देवी यादव लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थति रहेको विद्यालयका प्रध्यानाध्यापक रविशंकर यादवले जानकारी दिएका छन् ।
१५ सय विद्यार्थी अध्यनरत रहेको सो विद्यालयमा मन्त्रि यादवलाई गमछा ओढाएर सम्मानित गरिएको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश शिक्षा र स्वास्थ्यको खस्किदो अवस्था देखेर आफु चिन्तित र दुखित :- मन्त्रि...





