काठमाडाैं ।। नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्। केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।
‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले रातोपाटीसँग भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’
एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।
मोरङमा डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन् ।
एमालेका कुनै कार्यकारी पदमा नबस्ने लालबाबु पण्डित घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












