जाजरकोट ।। नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ बराहचौरमा आज बिहान साढे २ बजे दुर्घटनामा परेको थियो । मृतकहरूको अझै पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताउनुभयो । दुर्घटनामा घाइते भएकाहरूको जाजरकोटको जिल्ला अस्पताल र रुकुम पश्चिमको चौरजहारीमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।