राहुल कुमार पाण्डेय ।।रौतहट ।। घर वाट शुरु गरौ , महिला हिंसा अन्त्य गरौ मुल नाराको साथ शुरु भएको १६ दिन लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटको आयोजनामा एक दिवसीय महिला हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर १ मंगलपुर स्थित महिला सामुदायिक भवनको सभाहलमा शनिवार सम्पन्न भएको छ ।
समाजमा बिकृतिको रुपमा रहेको विभेद , लैंगिक हिंसा , महिला हिंसा अन्त्य गर्न सहयोग पुग्ने उदेश्यले चेतना मुलक कार्यक्रम संचालन गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले हिंसा आफ्नै घरवाट अन्त्य गर्नु पर्ने जोड दिए । उहाले घर परिवार आफन्तवाट बढी हिंसाको घटना हुने भएकोले यसको विरोध घरबाटै हुनु पर्ने बताए ।
महिला महिला माथि हिँसा गर्ने गरेको ,पुरुष पनि महिलाको हिंसाको शिकार हुने गरेकोले घरेलु हिंसा , महिला हिंसा लैंगिक हिंसाको उन्मुलन नभए सम्म समतामुलक समाजको कल्पना गर्न नसकिने बताए ।
राजनीतिक ,सामाजिक , सार्वजनिक यातायात , विद्यालय ,कलेज ,घर परिवारमा महिला ,बाल बालिका हिंसाको शिकार हुने गरेको बताउदै यस्ता किसिमका विकृति हटाउन सवै जना गम्भीर भएर प्रतिबद्ध हुनु पर्ने औल्याए ।
जिल्ला संयोजक यशोदा रावतले ग्रामिण भेगमा महिला हिंसा बढी रहेको र बाहिर आउन नसकेको अवस्था रहेको बताए । हिंसाको स्वरुप प्रकार र यसबाट हुनुपर्ने असर बारे पनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने महिलाहरु अनभिज्ञ समेत रहेकोले जनचेतना जगाउनु पर्ने बताए ।
घरमा हिँसा भए सम्वन्धित प्रहरी कार्यालयमा उजुरी दिनलाइ पछि नहट्न महिलाहरुलाई आग्रह गरे ।
कार्यक्रममा सहभागी भएका मध्ये कक्षा ८ मा अध्यन गर्ने बालिका लक्ष्मी थापा , अम्बिका सहनी ,दुर्गा दाहाल , मंजु पोखरेल , बबिता सहनीले लैंगिक हिंसा , महिला हिंसा भए सहन गरेर बस्दा ठुलो दुर्घटना निम्त्याउन सकिने भएकोले पीडकलाई कानुनी दयारामा ल्याउन अघि बढ्नु पर्ने जोड दिएका छन् ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका रौतहट संयोजक टेक बहादुर चौरेल , जनकपुर टुडे दैनिकका राकेश कुमार यादव , मेची महाकाली बुहारी संयुक्त आवाजका सह जिल्ला संयोजक उषा खनाल , अन्जली तामांग ,बिनिता ढुंगेल , माला थापा लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here