राहुल कुमार पाण्डेय ।।रौतहट ।। मिडिया फोर बोर्डर हार्मोनी रौतहटको आयोजनामा बर्तमान अवस्थामा नेपाल भारत सम्वन्ध को चुनौती र समाधान विषयमा नेपाल भारत मैत्री सम्बाद कार्यक्रम गौर स्थित जिल्ला समन्वय समिति कार्यालयको सभाहलमा शुक्रवार सम्पन्न भएको छ ।
नेपाल भारत सिमामा देखिएका चुनौती ,समस्याको समाधान कसरि गर्न सकिने भने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका खानेपानी तथा उर्जा मन्त्रि ओम प्रकाश शर्मा ले नेपाल भारत विचको सम्बन्ध पौराणिककाल देखिको रहेकोले कसैले विग्रन खोजेपनि सम्वन्धमा तितोपना आउँन नसकिने बताएका छन् ।
नेपाल र भारत विच बेटी रोटिको सम्वन्ध देखि लिएर सामाजिक , सास्कृतिक , धार्मिक सम्वन्ध रहेकोले यसलाई अझ प्रगाढ बनाउदै लगिनु पर्ने धारणा राखे ।
प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मन्त्रि शर्माले कोरोना कालमा सिमा बन्द भएको कारण नेपाल र भारतका नागरिकलाइ धेरै सास्ती खेप्नु परेको उल्लेख गर्दै अवको दिनमा सहज बातावरण बनाउनु पर्ने आग्रह गरे ।
उनले थपे केहि व्यक्तिले भारत सितको सम्वन्ध विगार्ने प्रयास गरेपनि सफल भएन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै सत्यलाइ भ्रमित पर्ने गरि भगवान रामको जन्म नेपालमा भएको दिएको अभिव्यक्ति हास्यास्पद मात्र भएको टिप्पणी गरे ।
कार्यक्रममा भारतको भाजपा सांसद अजय प्रसाद निषादले नेपाल सित भारतको सम्बन्ध आत्माको रहेको बताएका छन् । सीता रामको सम्वन्ध युगौ युग सम्म रहने बताउदै सांसद निषादले नेपाल भारत सिमामा उत्पन्न हुने समस्याको समाधान दुवै देशले मिलेर गर्नु पर्ने बताए ।
सिमा सुरक्षाको लागि शान्ति समिति गठन गर्न सिमा क्षेत्र संग जोडिएका जिल्ला बासि हरुलाई अग्रसर हुनु पर्ने बताए । नेपाल भारत विच रहेको खुल्ला सिमाना दुवै देशका नागरिककोलाइ बरदानको रुपमा रहेको जिकिर गर्दै सिमामा हुने गतिविधिलाइ निगरानी गर्नु पर्ने नेपाल र भारतका नागरिकको कर्तव्य रहेको बताए ।
भारतीय सिमा सुरक्षाको लागि खटिएका सथास्त्र सिमा सुरक्षा बल एसएसबीको कार्य गलत देखिएमा प्रमाण सहित उजुरी दिन आग्रह गर्दै उहाले आम नागरिक सित गलत गर्ने जवानलाइ भारत सरकारले कार्यवाही गर्ने प्रतिवध्ता जनाए । नेपाल भारतका पत्रकारहरु विच समन्वय सहकार्य जरुरि रहेको सुझाव दिए ।
प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले नेपाल भारत विच कुटनीतिक सम्वन्ध भन्दा बलियो सामाजिक सम्वन्ध रहेको बताए ।
नेपाल भारत विच रहेको सिमा ले दुवै देशका राजनीतिक , सामाजिक पहिचान स्थापित भएको उल्लेख गर्दै दुवै देश विच नेता नेता , पार्टी पार्टी विच समय समयमा सम्बाद हुनु पर्ने बताए ।
मधेश आन्दोलनमा भारतीय जनता , राजनीतिक दलका नेताहरुले सहयोग गरेको उल्लेख गर्दै नेपालमा भएको परिवर्तनमा भारतको सहयोग रहेको जनाए । राज्यमन्त्री यादवले भारत नेपाल विच रहेको सम्वन्ध लाइ प्रगाढ बनाएर अघि बढ्नु पर्ने धारणा राखे ।
उहाले मधेशको सिमा भारतको विहार राज्य , देखि पुर्व र पछिममा रहेका प्रदेशको राज्य सित जोडिएकोले भारत आफ्नो आफन्त जस्तो रहेको बताए । भाषा ,सस्कृति , अनुहार ,सामाजिक पहिरन , बातावरण भारत सित मिल्ने गरेको बताए ।
भारतीय महाबाणिज्य दुतावास वीरगाजका बाणिज्य दुत नितेश कुमारले सिमाको विषयमा भएको समस्याको आफ्नो स्तरबाट समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा गौर नगरपालिकाका उपमेयर किरण कुमारी ठाकुर , जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव , भारतका राजद नेता दिनेश चन्द्र ठाकुर , बैरगनियाका पुर्व नगर अध्यक्ष वसिर अन्सारी , आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव लगायतका बक्ताहरुले आ आफ्नो विचार प्रस्तुत गरेका थिए ।
किशोरी यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असिस राय यादव , मिडिया फोर बोर्डर हर्मोनिका अमरेन्द्र तिवारी , अनिल तिवारी , विश्वनाथ चौधरी , जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृज किशोर यादव लगायत भारतका संचारकर्मीहरुको सहभागितामा आयोजक सस्थाले प्रस्तुत गरेका १५ बुंदे मागलाइ सर्व सहमतबाट समर्थन गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here