रौतहट ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिस्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी प्रतिगमन विरोधी रहेको र जसपा नेपाल त्यसको सहयोगी रहेको बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार गौर नगरपालिका कार्यालयको सभाहलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै नेता महतोले १८ महिना सरकारमा सहभागी भएर नगरेको कार्य आफुहरु १८ दिने सरकारमा गरेर देखाएको दावी समेत गरे ।
मधेशी जनताको इच्छा अकंछा र चाहना अनुसार राजपाबाट जसपा बनेकोमा केहि नेताको व्यक्तिगत स्वार्थमा पार्टी विभाजन भएको जिकिर गरे । प्रधानमन्त्री शेर बहादुर देउवा ,केपी ओली , पुष्पकमल दाहाल प्रचण्ड . माधव कुमार नेपाल मधेश विरोधी र प्रतिगमनकारी रहेको आरोप लगाउदै नागरिकता अध्यादेश सेटिंगमा समेत खारेज गर्न लगाएको बताए ।
नेपालमा न्यायपालिका पनि सेटिंगमा चल्ने गरेकोले न्याय पाउन गार्हो भएको टिप्पणी गर्दै लोस्पाले मधेशको मुद्दालाइ नछोडेको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य अनुल कुमार झा , पुर्व राज्य मन्त्रि डाक्टर डिम्पल झा , केन्द्रिय सदस्य एवं गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता , नेता कन्थमणि जैसवाल , वडा अध्यक्ष शेख जम्शैद ,लिला साह लगायतका नेताहरुले संगठन मजबुती बनाउने तर्फ पार्टी केन्द्रित हुनु पर्ने जोड दिएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here