एजेन्सी ।। भारतको राजधानी नयाँदिल्ली क्षेत्रमा बढेको प्रदुषणले बालबालिका सबैभन्दा बढी प्रभावित भएको पाइएको छ । नयाँ दिल्ली अस्ति शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको थियो । विज्ञ तथा सरोकारवालाले प्रदुषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने उनीहरूको भनाइ छ । विशेष गरेर बालबालिकामा स्वासप्रश्वाससँगै मानसिक समस्या देखिनसक्ने विज्ञले चेतावनी दिएका छन् । आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी अस्पताल जाने क्रम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here