एजेन्सी ।। भारतको राजधानी नयाँदिल्ली संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ । बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा हिजो प्रदुषणको मात्राले खतराको तह पार गरेको हो । समाचार संस्था रोयटर्सका अनुसार हिजो बिहानदेखि दिल्लीको आकाश तुँवालोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स चार सय ५१ पुगेको छ । जुन तीन सय भन्दा माथि जानु मानव स्वास्थ्यका लागि घातक मानिन्छ । सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।