काठमाडाैं ।। तिहारकै माहोलका बीच असावधानीका कारण ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचायर्लले दिएको जानकारी अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रञ्जना र नाती निर्जल छन् । दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । हिजो साँझ साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो । चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो । तेस्रो तलामा सल्केको आगोको लप्का चौथो तलामा रहेको भन्साकोठामा पुगेपछि भान्सा कोठामा रहेको ग्यास पड्किएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here