काठमाडाैं ।। अमेरिकाले ५ वर्षदेखि ११ सम्मका बालबालिकाको लागि विकास गरिएको कोरोनाविरुद्धको खोपलाई पूर्ण मान्यता दिएको छ । अमेरिकी फाइजर÷बायोटेकले विकास गरेको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा पूर्ण स्वीकृति दिइएको छ । स्वीकृतिसँगै अब अमेरिकाका ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउने बाटो खुलेको छ । अमेरिकाको औषधि नियामकहरू सावधानीपूर्वक विचार गरेपछि सेन्टर्स अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोसेल वोलेन्स्कीले निर्णय गर्नुभएको हो । अमेरिकाले १२ वर्ष भन्दा माथिकालाई पहिलेदेखि नै खोप दिइरहेको छ । यो स्वीकृतिले झण्डै २ करोड ८० लाख अमेरिकी बालबालिकालाई प्रभाव पार्नेछ । सामान्य जनजीवनमा फर्कन बालबालिकालाई खोप लगाउनुपर्ने विज्ञहरूको मत छ । सीडीसी र फुड ड्रग एडमिनिस्ट्रेसनमा विज्ञहरूले कोभिड १९ विरुद्ध बालबालिकालाई दिइने खोपको जोखिम र फाइदाको बारेमा लेखाजोखा गरेपछि यो अनुमति दिइएको हो । एफडीएका अधिकारीहरूले बालबालिकालाई कोभिडबाट बचाउन खोप झण्डै ९१ प्रतिशत प्रभावकारी भएको र यसले उनीहरूको प्रतिरक्षा क्षमता १६ देखि २५ वर्षका मानिसको जति देखिएको निश्चित गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here