हुम्ला ।। नेपाल टेलिकमको टावर अवरुद्ध हुँदा हुम्लाको ताजाँकोटबासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । मदनाको चिहिमा रहेको टावरले काम गर्न छोडे पछि त्यहाँका नागरीकहरू सञ्चार सेवाबाट वञ्चित हुन् । वर्षा भएको करिब २ हप्ता बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा आफूहरूले अहिलेसम्म पनि सञ्चार सेवा पाउन नसकेको स्थानीयबासीको गुनासो छ । फोन गर्नकै लागि टाढाटाढा जानुपर्ने बाध्यता रहेको छ । केहीदिन अघिको वर्षाका कारण चिहिमा रहेको टावरको भवन नै भत्कँदा सबै सामाग्रीहरू बिग्रेकाले मर्मतको लागि टोली खटिएको नेपाल टेलीकमका हुम्लाका प्राविधिक राम खातीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here