रौतहट ।। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै हिम्मत भए अगाडी बढेर देखाउन चुनौती दिएका छन् ।
रौतहट जिल्लाका सदरमुकाम गौरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी जिल्ला कार्य समितिले आयोजना गरेको शुभकामना अडान प्रदान कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष नेपालले पुर्व प्रधानमन्त्री ओली माथि टिप्पणी गर्दै देश बाट नै आउट भएको बताए ।
उले भने माधव नेपाललाइ एमालेबाट आउट भएको भन्ने ओली आज पुरै देशबाट आउट भयो ।
कम्युनिस्ट आन्दोलन र जनताको बलिदानीको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने खोज्ने व्यक्तिवादी ,निरंस्कुश्ता प्रवृति देखाउनेको अन्त्य भएको जनाए ।
प्रतिनिधि सभा विघटन गर्ने कुचेष्टा गरेका ओली प्रवृतिलाइ लोकतन्त्रको पक्षमा भएका ५ दलिए गठवन्धनले जोगाएर संविधानको रक्षा गरेको उल्लेख गरे ।
पुर्व प्रधानमन्त्री नेपालले कम्युनिस्ट पार्टीलाइ बनाउने कार्यमा ओलीको शुन्य भूमिका रहेको जिकिर गर्दै स्वर्गीय मदन भण्डारी , बरिष्ठ नेता झल्नाथ खनाल र आफ्नो योगदान भएको दावी गरे ।
संघीय सरकार र ७ बटै प्रदेश सरकारमा ओली प्रवृतिको अन्त्य भएको उदाहरण प्रस्तुत गर्दै जनताको भावना सिट खेलवाड गर्ने ओली एक नम्बरको गफाडी भएको टिप्पणी गरे ।
संविधानको रक्षा गर्ने सर्वोच्च अदालतको प्रधानन्यायधिश प्रति ओलीको टिप्पणी गलत भएको भन्दै सर्वोच्चले संविधान लोकतन्त्रको रक्षा गरेकोले सम्मान गर्नु पर्ने सुझाव दिए ।
नेपाली जनताको सेवा गर्नु को साटो पुर्व सरकारले देशमा भ्रस्टाचार , अनियमितता , हत्या हिँसाको अपराधीको संरक्षण गर्ने कार्य गरेको आरोप लगाए ।
माधव नेपालको नाम बाट डराउने एमाले अध्यक्ष ओलीको नेपाल बाट नै पतन हुने निश्चित भएको दावी गरे । बागमती प्रदेश , १ नम्बर प्रदेश र ७ नम्बर प्रदेशमा एकीकृत समाजवादीको आधिपत्य भएको भन्दै प्रदेश २ मा दोस्रो पार्टीको रुपमा समाजवादी भएको ठोकुवा गरे ।
संघीय सरकारमा सहभागी भएका राजनीतिक दलहरुको गठवन्धनले मुलुकमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै अवको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ठुलो पार्टी हुने बताए ।
नेपाली जनताको हक हितमा काम गर्ने उदेश्यले अघि बढ्ने बताउदै शिक्षा , स्वास्थ्य विकास गर्नुको विकल्प नरहेको जिकिर गरे । अध्यक्ष नेपालले भने देशमा सुशासन कायम गर्न पारदर्शिता , सहभागिताको मूल मर्म मान्यतालाइ आत्मसात गर्दै अघि बढ्नु पर्छ । गाउ गाउमा गएर जनताको पिर मर्का समस्या बुझेर समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई समेत निर्देशन दिए ।
जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सचिव नागेन्द्र चौधरी , पोलिटव्युरो सदस्य एवं पुर्व सभासद राम कुमार भट्टराई , पुर्व राजदुत डाक्टर बंशिधर मिश्र , प्रतिनिधि सभा सदस्य शरला यादव , समिना हुसैन , प्रदेश सांसद हसिमा खातुन , बेची लुन्गेली लगायतका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष नेपालकाे ओलीलाई चुनौती,हिम्मत भए अगाडी बढेर देखाउनु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।