काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप चार सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप पाँच सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९१ हजार सात सय ८७ पुगेको छ । यस्तै थप आठ सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय सात पुगेको छ ।
अहिले नेपालमा नौ हजार तीन सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार आठ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव एक प्रतिशत अर्थात् ७१ लाख ८९ हजार ६ सय ८९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here