रौतहट ।। रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर १ समानपुरको श्री शंकर गुदर उच्च माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माण कार्यको शिल्यान्यास गरिएको छ । आज सोमवार नगर प्रमुख श्याम प्रसाद यादवले शिलान्यास गरेका हुन् ।
नगरपालिकाको चालु आर्थिक वर्षको शसर्त योजना अन्तर्गत करिव ६० लाखको लागतमा निर्माण हुने उक्त विद्यालय भवनको शिलान्यास गरिएको नगर प्रमुख यादवले बताउनु भएको छ ! चालु आर्थिक वर्ष मै निर्माण कार्य सम्पन्न हुने गरि कार्य बढाइने मेयर यादवले जनाए !
शिलान्यास कार्यक्रममा नगरपालिकाका निर्वाचित वडा अध्यक्ष रामविनय यादव, लेखा प्रमुख कामेश्वर सहनी, संचाकर्मी लगायत स्थानीय भर भलादमीको उपस्थति रहेको थियो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here