काठमाडाैं ।। लगातारको वर्षाले सुदूरपश्चिममा धान बाली र तरकारी खेती नष्ट गरेको छ । कैलालीका अधिकांश क्षेत्रमा हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलिरहेको छ । यही बेलामा परेको पानीले बाली नष्ट गरेको किसानले गुनासो गरेका छन् । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । वर्षाका कारण कैलालीमा सयौँ बिघा जमिनको धानखेती भिजेको छ । धानसँगै केरालगायत अन्य अन्नबालीसमेत नष्ट गरेपछि किसान थप चिन्तित बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here