रूपन्देही ।। रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएकाका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक–एक लाख रूपैयाँ दिने भएको छ ।
बुटवल उपमहानगरपालिका–१७, मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णयअनुसार मृतकको परिवारलाई १–१ लाख रूपैयाँ दिने निर्णय भएको लोकान्तरलाई जानकारी दिए । ‘घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि निर्णय भएको छ,’ उनले भने, ‘घाइतेहरू धेरै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत छन् । दुई जना प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।’
घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । घटनाको आधिकारिक जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
मोतिपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।