अछाम ।। अछाममा जन्ती बोकेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा गएराति भएको दुर्घटनामा गाडीचालक सहित १६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षका जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र १५ वर्षका हिमाल नेपाली अनि वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते १४ जना मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डीएसपी तुलसीराम अर्यालले बताउनुभयो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।