काठमाडाैं ।। घरेलु हिंसापीडित महिलाको मृत्युको विषयमा अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि हिँडेर काठमाडौँ आएको टोली र सरकारबीच छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले टोलीसँग वार्ता सकारात्मक भएको बताउनुभयो । पीडितहरू चित्त बुझाएर गएको उहाँको भनाइ छ । घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवीको हत्या भएको दावी गर्दै टोलीले दोषीमािथ कारबाही तथा एकल महिला निर्मला कुर्मीको मृत्युको विषयमा अनुसन्धान र दोषीलाई कारबाही गर्नुुपर्ने लगायतका माग अघि सारेको छ । पीडित पक्षको एक टोली नेपालगञ्जदेखि हिँडेर २० दिनमा काठमाडौँ आएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here