काठमाडौं ।। सन् १९८० को दशकमा भारतीय टेलिभिजन दूरदर्शनमा प्रशारित रामानन्द सागरको लोकप्रिय पौराणिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ।
८३ वर्षीय त्रिवेदीको मंगलबार राति ११ बजे आफ्नै घरमा निधन भएको हो। अघिल्लो दिन सामान्य अवस्थामा सुतेका त्रिवेदीलाई राति हृदयाघात भएको बताइएको छ। धार्मिक प्रवृत्तिका त्रिवेदीले परिवारका सदस्यलाई आफ्नो निधनपछि राम नामको वस्त्र लगाइदिन भनेका थिए।
रामायणमा रावणको भूमिकाका लागि सुरुमा अभिनेता अमरिश पुरीलाई छानिएको थियो। तर, पछि त्रिवेदीको बडी ल्यांग्वेज र एटिट्युड देखेर रामानन्दले उनैलाई लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here