काठमाडाैं ।। राष्ट्रिय सभा र प्रतिनिधि सभाका बैठकहरू नियमित सञ्चालनमा नआउँदा ६० वटा विधेयक प्रक्रियामा जान सकेका छैनन् । नागरिकको आवश्यकतासँग सरोकार राख्ने विधेयकको बारेमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा छलफल हुन पाएको छैन । अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेको बर्तमान सरकारले त्यससँग सम्बन्धित अध्यादेश तथा विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका बीच यसबीचमा अघि बढायो । हिजोको प्रतिनिधि सभाको बैठकमा पनि एमालेका सांसदहरूले विरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो । आफूले कारबाही गरेका १४ सांसदको नामावली सभामुखले सार्वजनिक नगरेको, पार्टी फुटाउने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भन्दै एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ । विरोधका बीच हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षक कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन पेस गर्नुभयो । सदनको अवरोध हटाउने बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएपछि कुनै निष्कर्षमा नपुगी बैठक सकिएको छ । एमालेले भने प्रधानमन्त्री देउवा र सभामुख अग्नि सापकोटाले आफूसँग छुट्टै छलफल गर्नुपर्ने अडान लिएको छ । सीआईएनसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोध हटाउनका लागि प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग एक्लै छलफल गर्नुपर्ने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here