अछाम ।। विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो जातको गाई लोप हुने अवस्थामा पुगेको हो । गाई संरक्षणको लागि अछाममा अभियान सुरु भएको छ । सानो आकारको भएकाले नौ मुठे गाईलाई पाल्न सजिलो हुन्छ । थोरै आहारामा पाल्न सकिने भएकाले अरु गाई पाल्न जस्तो समस्या यो गाई पाल्न हुँदैन । यो गाईको दूध अन्य गाईको भन्दा मिठो र पोषिलो हुन्छ । यो गाई मुख्यगरी अछामको बाब्ला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाडौं र खप्तडमा पाइन्छ । पछिल्लो समय गाईका लागि अनुकुल हावा पानी नहुँदा र किसानहरूले नै गाई पाल्न छाडेका छन् । नौ मुठे गाईको अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी मात्रै हुने भएकाले यस गाईलाई नौ मुठे गाई भनिएको अछामका बाब्लाका कमलदेवी ताम्राकारले बताउनुभयो । अछामका विभिन्न गाउँ तथा बस्तीमा रहेका नौ मुठे गाईको सङ्ख्या करिब ५ सय ७४ छ । यो गाईको संरक्षणको लागि साँफेवगर नगरपालिकाले पहल थालेको साँफेबगर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख पदम थापाले जानकारी दिनुभयो । हावापानीले खासै असर नपर्ने यो प्रजातिको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि पाल्न सकिन्छ । पोषिलो हुने भएकाले यो गाईको दूध, दहि र घ्यू पनि मङ्गंगो हुने गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here