रौतहट ।। रौतहट जिल्लाको विभिन्न नाकाबाट स्थल मार्गबाट नेपाल प्रवेश र भारत प्रस्थानको अनुमति दिइएको छ । मन्त्रि परिषदको निर्णय अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै जिल्ला प्रसाशन कार्यालय रौतहटले नाकबाट आवागमनमा सहजता प्रदान गरेको हो ।
रौतहटको गौर भन्सार , राजदेवी नगरपालिकाको ब्रहमपुरी ,लक्ष्मीपुर , इशनाथ नगरपालिकाको मनमोहन गेट , महुलिया , बन्जरहा , लत्मरी , परोहा नगरपालिकाको घिउरा ,खाप र जयनगर , बौधीमाइ नगरपालिकाको नरकटिया र बंकुल छोटी भन्सारबाट नेपाल भारतमा आवागमन गर्न अनुमति दिइएको हो ।
कोभिड १९ को नया भेरिएन्टको संक्रमण रोकथाम , नियन्त्रण निदान र उपचार मा प्रतिकुल असर नपर्ने गरि विदेशबाट नेपाल आउने नेपाली र विदेशहरुको आवागमन व्यवस्थित गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत विदेशबाट नेपाल आवागमन हुने र नेपाल बाट प्रस्थान गर्ने यात्रुहरुको यात्राको व्यवस्थापन सम्वन्धि अध्यादेश २०७८ तथा जिल्ला कोभिड व्यवस्थापन समिति असोज १० गते बसेको बैठकले गरेको निर्णय अनुसार स्थलगत मार्गबाट आवागमनको स्वीकृति दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ ।
नेपालबाट विदेश तथा विदेशबाट नेपाल प्रवेश गर्दा सिमामा स्थापना गरिएको हेल्प डेस्कमा कोभिड परिक्षण गराउनु पर्ने शर्त राखिएको छ । भारतबाट नेपाल आउदा ७२ घण्टा भित्रको कोभिड परिक्षण रिपोर्ट हुनु पर्ने जिल्ला प्रसाशन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
सम्वन्धित स्थानीय तहले हेल्प डेस्क स्थापना गरेपछि आवागमन हुने निर्णय गरिएको छ । कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा रिपोर्ट निगेटिभ नभए सम्म नेपाल प्रवेश गर्न नदिईने प्रमुख जिल्ला अधिकारी यादवले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here