काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टीको विधान, सरकारमा जाने तयारी लगायतका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले पार्टी विधानका साथै संगठनसम्बन्धी विभिन्न प्रतिवेदन तयार पार्ने बारेमा छलफल तथा निर्णय लिनेछ । पार्टी सरकारमा जाने बारेमा पनि अध्यक्ष माधवकुमार नेपालले बैठकमा जानकारी गराउनुहुनेछ । बैठकको कार्यसूचीमा पार्टीको जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अनुमोदन गर्नेलगायत विषय पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here