काठमाडाैं ।। अफगानिस्तानमा एक महिनापछि निम्न तहका विद्यालयहरू सञ्चालनमा आएका छन् । तालिबानले सत्ता कब्जा गरेको एक महिनापछि त्यहाँका निम्न तहका विद्यालयहरू सञ्चालनमा आएका हुन् । तालिबान सरकारका शिक्षा मन्त्रालयले शुक्रवार सबै पुरुष शिक्षकहरूलाई काममा फर्किन आदेश जारी गरेको थियो । मन्त्रालयले कक्षा ७ देखि १२ सम्मका विद्यालय सञ्चालनमा ल्याउन भनेको हो । तर, बालिकाहरूका लागि विद्यालय खोल्ने विषयमा हालसम्म तालिबानले कुनै निर्णय गरेको छैन । तालिबानले विद्यालय खुलाउने निर्णय गरेको भन्दै युनिसेफले स्वागत गरेको छ । तर, बालिकाहरूको शिक्षाबारे नसोच्नु चिन्ताको विषय रहेको पनि युनिसेफले बताएको छ ।
यसैबीच, पाकिस्तानले समावेशी सरकार गठनको विषयमा तालिबानसँग कुराकानी सुरु गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो ट्वीटर ह्यान्डलमार्फत् अफगानिस्तानको छिमेकी मुलुकका नेताहरू र विशेष रुपले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग यस विषयमा छलफल थालिएको जानकारी दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here